आज प्रधानमन्त्री निर्वाचन, एमालेले संसद् चल्न नदिने

<span class='c1'>आज प्रधानमन्त्री निर्वाचन, एमालेले</span> <span class='c2'>संसद् चल्न नदिने</span>

काठमाडौं । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद्मा आज मतदान हुने भएको छ । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले कुनै पनि हालतमा व्यवस्थापिका–संसद्को बैठक चल्न नदिने अडान कायमै राखेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले गरेको निर्णय अमान्य भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
नेकपा एमाले सर्वोच्च अदालत जाने बारे पनि आन्तरिक छलफलमा रहेको एक नेताले बताए ।  उनका अनुसार आज बस्ने व्यवस्थापिका–संसद् पनि सुचारु हुनेछैन । नेकपा एमालेका शीर्ष नेताको शनिबार सिँहदरबारमा बसेको बैठकले पनि कुनै पनि हालतमा संसद् चल्न नदिने निष्कर्ष निकाल्दै सबै कानुनी उपाय खोज्ने निष्कर्ष निकालेको थियो ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षलाई कडा चुनौति दिँदै यत्तिमै टुंगियो भनेर नसोच्न चेतावनी दिएका छन् ।
सिंहदरबारमा बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “यस कुरालाई यत्तिमै टुंगियो भनेर सत्तापक्षले नसोचे पनि हुन्छ । निर्वाचन आयोगले सरक्क रेणु दाहालले जित्नुभयो भनेको भए बरु हुन्थ्यो । पुनः निर्वाचनको तमासा नगरे हुन्छ । दोस्रो तहको निर्वाचनमा पनि त्यही गरे हुन्छ ।” उनले यसका लागि आफूहरुले सबै खालका विरोध गर्ने चेतावनी पनि दिए ।

“हामी यसको विरोध गर्छौं, ” उनले भने, “सबै प्रकारका विरोध हुन सक्छ । निर्वाचन आयोग संवैधानिक निकाय जसको काँधमा ठुलो दायित्व छ । यसलाई भन्दा दबाबलाई बढी महत्व दिएर लाचार भएर निर्णय गर्नुभयो । निर्वाचन आयोग लाचार हुन हुँदैनथ्यो ।”
नेकपा एमालेका नेताहरु आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
यसैबीच राजपा नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न अहिले केहीबेरपछि बैठक बोलाएको छ ।  राप्रपाले पनि बिहान १० बजे सिंहदरबारमा बैठक बोलाएको छ ।  प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको मात्रै उमेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्