भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि

<span class='c1'>भिमफेदी दुर्घटनामा ज्यान</span> <span class='c2'>गुमाएकाहरुको सामुहिक अन्त्येष्टि</span>

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।

मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिएको छ।

मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियोे । आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो।

आफ्ना गर्भवती श्रीमतीसहित ६ जनाको एक्लै अवधेश यादवले दागबत्ती दिनुभएको छ । दाहसंस्कारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो । साथै दाहसंस्कारमा समेत सुरक्षाकर्मीले सघाएको थियौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्