अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

<span class='c1'>अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध</span> <span class='c2'>प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग</span>

क्यानबेरा । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।

‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, आप्रवासनको सङ्ख्या घटाउन, विदेशी प्रभावबाट राजनीतिक निर्णय प्रक्रियालाई मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरेका छन् ।

यो अभियान सेप्टेम्बर १३ देखि सुरु भएर ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म आइपुगेको हो । अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतका व्यक्तिहरूले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुरा गर्दै ब्रिस्बेनका ट्रक चालकले आफू जस्तै डाक्टर, नर्स, ईन्जिनियर आदी जस्ता दक्षकामदार सदैब अस्ट्रेलियालाई खाँचो रहेको भए पनि जथाभावी गैर कानुनी रुपमा भित्रिएका आप्रवासीले यस्तो परिस्थिती आएको बताए ।

यसअघि नोभेम्बर ८ मा सिड्नीमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए । त्यहाँ ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ भन्ने नारासमेत लगाइएको समाचार सार्वजनिक भएको थियो । केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

अस्ट्रेलियामा आप्रवासनको विषय अहिले राजनीतिक बहसको केन्द्रमा छ । आवासको अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन् । अर्कोतर्फ, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचानमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्