भारतबाट ल्याउँदै गरेका पाडा–खसी अनि सवारी र सामाग्री नियन्त्रण

<span class='c1'>भारतबाट ल्याउँदै गरेका पाडा–खसी अनि</span> <span class='c2'>सवारी र सामाग्री नियन्त्रण</span>

विराटनगर । खुल्ला सीमा हुँदै भारतबाटनेपाल भित्र्याइँदै गरेको अवस्थामा मोरङका विभिन्न स्थानबाट सवारीसाधन, उपभोग्य वस्तु र चौपायासहित सात लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र मातहतका सीमा सुरक्षा गुल्म रानी तथा बीओपी दरैया, जहदा भुटाहा र रंगेलीबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद सामग्रीमा सिटी सफारी, एउटा स्कुटर, छ वटा साइकल, कस्मेटिक सामग्री, हरियो तरकारी, दुई वटा पाडा र एउटा खसी छन्। भारतबाट भन्सार छली ल्याइँदै गरेका यी सामानको कुल मूल्य सात लाख ४९ हजार ५६५ रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सवारीसाधन, वस्तु तथा चौपायालाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्