मोरङका छठघाटमा तीनतहको प्रहरी निगरानी, ड्रोन, सादा पोशाक र सुरक्षा तैनाथ

<span class='c1'>मोरङका छठघाटमा तीनतहको प्रहरी निगरानी, ड्रोन,</span> <span class='c2'>सादा पोशाक र सुरक्षा तैनाथ</span>

विराटनगर । छठ पर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले जिल्लाभर तीन तहको सुरक्षा निगरानी गर्ने भएको छ । जसमा सादा पोशाकमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिनेछ । यसैगरी प्रत्येक घाटमा ड्रोनमार्फत निगरानी गर्ने गरी प्रहरीले प्राविधिक तयारी गरेको छ ।

मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार सादा पोशाक, सुरक्षा तैनाथ र सिसी टिभी वा ड्रोन निगरानी हुने गरी तयारी गरिएको हो । त्यस बाहेक प्रहरीले सचेतना समेत अपनाउन आग्रह गर्दै माइकिङ समेत गर्नेछ । जिल्लाभर एकसय ३२ स्थानमा घाटहरु निर्माण हुनेछन् । जहाँ नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी समेत परिचालन गरिनेछ । प्रहरी उपरीक्षक कटुबालका अनुसार छठ घाट मात्रै नभई त्यो अवसर छोपेर घरमा हुनसक्ने चोरीलाई लक्षित गर्दै प्रहरीले प्रत्येक चोकमा सिसी टिभीबाट निगरानीसँगै पट्रोलिङ्ग समेत गर्ने भएको छ । अवस्था हेरेर जिल्लाभर सुरक्षा संयन्त्र तैनाथ हुन जिल्ला सुरक्षा समितिको बैठकले यस अगाडी नै निर्णय गरिसकेको छ । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त परिचालन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्