एनपीएल : आज विश्राम

<span class='c1'>एनपीएल :</span> <span class='c2'>आज विश्राम</span>

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम दिन कुनै पनि खेल राखिएको छैन । लिग चरणका खेल सम्पन्न भएपछि आज आज विश्राम राखिएको हो।

लिग चरणबाट लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।

अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ।

इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।

पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्