आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश

<span class='c1'>आईजीपी विवाद : छलफलका लागि</span> <span class='c2'>दुवै पक्षलाई झिकाउन आदेश</span>

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर पूर्ण आदेश भने सार्वजनिक भइसकेको छैन । बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो ।

कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्