विराटनगरमा १ हजार ४६० विषालु सर्पको उद्धार गर्ने घिमिरे नोबेल हस्पिटलबाट सम्मानित

<span class='c1'>विराटनगरमा १ हजार ४६० विषालु सर्पको</span> <span class='c2'>उद्धार गर्ने घिमिरे नोबेल हस्पिटलबाट सम्मानित</span>

विराटनगर । विगत तीन वर्षदेखि निरन्तर रूपमा विषालु सर्पको उद्धार गर्दै आएका ४६ वर्षीय शम्भुप्रसाद घिमिरेलाई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सम्मान गरेको छ।


विराटनगर–३ का स्थायी बासिन्दा तथा हाल बुढीगंगा गाउँपालिका–१ मा बस्दै आएका घिमिरेलाई बुधबार साँझ आयोजित नोबेल हस्पिटलको २२औँ नोबेल डे समारोहमा विशेष सम्मान गरिएको हो। घिमिरेले २०८२ जेठ १० गते नोबेल हस्पिटल परिसरबाट पहिलो पटक मोनोकोल्ड कोब्रा ९चन्द्रनाग० को उद्धार गरेका थिए। त्यसयता उनले अस्पताल परिसरभित्रै पटक–पटक गरी १२ वटाभन्दा बढी विषालु सर्पको उद्धार गरिसकेका छन्।

मोरङ, सुनसरीलगायत विभिन्न स्थानीय तहबाट हालसम्म १ हजार ४६० वटा सर्पको उद्धार गरिसकेका घिमिरेले मानव जीवनको सुरक्षा तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनको यही योगदानको कदर गर्दै यसअघि पनि विभिन्न दर्जनौँ संघसंस्थाले सम्मान गरिसकेका छन्। नोबेल हस्पिटलबाट सम्मानित हुन पाउँदा आफूलाई आगामी दिनमा पनि सर्प उद्धारको कामलाई निरन्तरता दिन थप हौसला मिलेको घिमिरेले बताए। सम्मानका लागि अस्पताल परिवारप्रति उनले आभारसमेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्