विराटनगरको नोवेल हस्पिटलको २२औँ नोवेल डेमा दुई दर्जन बढी सम्मानित

<span class='c1'>विराटनगरको नोवेल हस्पिटलको २२औँ नोवेल</span> <span class='c2'>डेमा दुई दर्जन बढी सम्मानित</span>

विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो २२औँ स्थापना दिवस (नोवेल डे) विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।


बुधबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन तथा केक काटेर २२औँ नोवेल डे मनाइएको हो। अस्पतालका सञ्चालक डा.सुनिल शर्माका बुबाआमाले दीप प्रज्वलन गर्दै केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए। नोवेल डेका अवसरमा अस्पतालले लामो समयदेखि कार्यरत चिकित्सक, नर्स तथा कर्मचारी र कलेजमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ। त्यसैगरी, विराटनगरसहित मोरङ, सुनसरीलगायतका क्षेत्रमा विषालु सर्प उद्धार गर्दै आएका ४६ वर्षीय शम्भुप्रसाद घिमिरेलाई पनि अस्पतालले विशेष सम्मान गरेको छ। विगत तीन वर्षदेखि निरन्तर सर्प उद्धारमा सक्रिय घिमिरेले २०८२ जेठ १० गते नोवेल अस्पताल परिसरबाट पहिलोपटक मोनोकोल्ड कोब्रा ९चन्द्रनाग० को उद्धार गरेका थिए। त्यसयता अस्पताल परिसरभित्रै उनले १२ वटाभन्दा बढी विषालु सर्पको उद्धार गरिसकेका छन्।

घिमिरेले हालसम्म मोरङ, सुनसरीलगायत विभिन्न स्थानबाट १ हजार ४ सय ६० वटा सर्पको उद्धार गरिसकेको जनाइएको छ। मानव जीवनको सुरक्षा र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै यसअघि पनि उनलाई विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउनुका साथै सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्