आज मन्त्रीपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुनेछ ।