अर्थमन्त्रीसँग विराटनगरमा कार्गोरेल नियमित बनाउन माग

<span class='c1'>अर्थमन्त्रीसँग विराटनगरमा कार्गोरेल</span> <span class='c2'>नियमित बनाउन माग</span>

विराटनगर । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग विराटनगर–१८ स्थित आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डसम्म कार्गोरेल नियमित बनाउन अनुरोध गरिएको छ ।

अर्थमन्त्री वाग्ले शुक्रबार विराटनगर आउँदा नेपाल कष्टम यार्डको निरीक्षण गर्न पुगेका थिए । त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले त्यहाँको वस्तुगत अवस्था, कार्गोरेलको अहिलेको सेड्युल, सबै प्रकारका वस्तु अनलोड गर्न संरचनागत अभावको स्थितिका बारेमा छलफल गरिएको थियो ।

अध्यक्ष राउतले कन्टेनर कार्गो बाहेक बल्क कार्गो, ब्यागेज कार्गो र लुज कार्गो समेत आइसिपीसम्म आउने वातावरण निर्माण गर्न माग गरेका थिए । रेलयार्डको तत्काल मर्मतदेखि वस्तु आयात गरिसकेपछि ह्याण्डलिङ र ढुवानी खर्चको समायोजनसम्मको विषयमा अध्यक्ष राउतले अर्थमन्त्री समक्ष विषय उठाएका हुन् । यार्डको निरीक्षणपछि अर्थमन्त्री वाग्लेले भन्सार कार्यालयका निरीक्षण तथा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्