ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने

<span class='c1'>ज्ञानेन्द्र शाहीले राप्रपा</span> <span class='c2'>अध्यक्षमा उम्मेदवारी दिने</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मङ्सिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने बताएका हुन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि भएको बताए । पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ । शाहीले राप्रपा पटकपटक आफ्नो विचार र सिद्धान्त नमिल्ने दलहरूसँग चुनावी तालमेल र सत्ता समीकरणमा सहभागी हुँदा कमजोर बन्दै गएको बताए । सत्ता र पदका लागि अन्य दलसँग सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको धारणा छ।

‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ताप्राप्तिको सिँढी बन्ने छैन,’ उनले भने, ‘राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ ।’ उनले पार्टीभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे । शाहीले पार्टीमा ‘सर्वोच्च नेता’ पद सिर्जना गर्ने प्रस्ताव गरिएको बताए। अध्यक्षभन्दा वरिष्ठ भूमिकामा रहने गरी शीर्ष नेताहरूलाई जिम्मेवारी दिन विधानमै व्यवस्था गर्ने उनको भनाइ छ। उनले प्रदेश संरचना खारेज गर्ने, वैदिक सनातन हिन्दु अधिराज्य स्थापना गर्ने, राजसंस्था, सुशासन, राष्ट्रिय एकता र स्वाधीनतासम्बन्धी पार्टीका मान्यतालाई व्यवहारमा उतार्नुपर्ने बताए।

पत्रकारहरूको प्रश्नमा शाहीले आफ्नो अध्यक्ष पदको उम्मेदवारी निश्चित भइसकेको स्पष्ट पारे। पार्टीमा तीनवटा गुट रहेको भन्ने चर्चाबारे उनले आफ्नो एउटै गुट राप्रपा मात्रै भएको बताए। उनले आफू अध्यक्षको उम्मेदवार भए पनि अन्य नेताहरूले उम्मेदवारी दिएमा उनीहरूलाई पनि साथ र समर्थन रहने बताए। आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको राजनीतिक भविष्य र आगामी निर्वाचनको तयारीसँग जोड्नुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्