विराटनगर । नव आरम्भ नेपाल, ग्रामथान–१ लखन्तरी मोरङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मंसिर ५ गते ग्रामथानस्थित रविहाटमा आयोजित कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेका छन्। मानव जीवन बचाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन रक्तदान गर्ने रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आयोजक नव आरम्भ नेपालले धन्यवाद व्यक्त गरेको छ।
आयोजकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।