ग्रामथानमा नेरुडे मिर्मिरेको निःशुल्क स्वास्थ्य शिविर, ४१५ जना लाभान्वित

<span class='c1'>ग्रामथानमा नेरुडे मिर्मिरेको निःशुल्क स्वास्थ्य</span> <span class='c2'>शिविर, ४१५ जना लाभान्वित</span>

विराटनगर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ग्रामथान गाउँपालिका–५,तरियास्थित देवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मंसिर ५ गते आयोजित शिविरमा ४१५ जना स्थानीय बासिन्दा तथा संस्थामा आबद्ध सदस्यहरू लाभान्वित भएका छन्।

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालित शिविरमा न्युरो अस्पतालको मेडिकल टोलीले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरेको थियो। कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख ऋषिप्रसाद न्यौपानेले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।


त्यस्तै, ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले शिविर आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए। कार्यक्रमको अध्यक्षता संस्थाको शाखा कार्यालय प्रमुख सुरेश माझीले गरेका थिए। शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, संस्थाका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्