विराटनगरमा कोशी प्रदेशस्तरीय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

<span class='c1'>विराटनगरमा कोशी प्रदेशस्तरीय गुणस्तरीय</span> <span class='c2'>शिक्षा सम्मेलन हुँदै</span>

विराटनगर, मंसिर ९ गते

‘गुणस्तरीय बाल शिक्षा किन र कसरी?’ भन्ने मूल विषयमा केन्द्रित दुईदिने कोशी प्रदेशस्तरीय गुणस्तरीय शिक्षा सम्मेलन विराटनगरमा आयोजना हुने भएको छ। रातो बङ्गला फाउन्डेसनको पहलमा आयोजना हुन लागेको उक्त सम्मेलनमा सहभागिताका लागि प्याब्सन महानगर कार्यसमिति, विराटनगरले आफ्ना सदस्य विद्यालयहरूलाई आह्वान गरेको छ।

आयोजकका अनुसार सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ३०० भन्दा बढी शिक्षा क्षेत्रसम्बद्ध सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्रभावकारी शिक्षण विधिको प्रवर्द्धन, बालमैत्री विद्यालय निर्माण तथा शैक्षिक अनुभव र असल अभ्यासको आदानप्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

कार्यक्रम तालिकाअनुसार सम्मेलनको पहिलो दिन (उद्घाटन समारोह) मंसिर १२ गते शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विराटनगरको रोडशेष चोकस्थित होटल स्वागतम्‌मा सञ्चालन हुनेछ। दोस्रो दिनको कार्यक्रम मंसिर १३ गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा हुने जनाइएको छ।

सम्मेलनका लागि प्रतिव्यक्ति एक हजार पाँच सय रुपियाँ सहभागिता शुल्क तोकिएको छ भने एउटै विद्यालयबाट पाँच जना सहभागी भएमा जम्मा सात हजार पाँच सय रुपियाँ शुल्क बुझाई छैटौँ व्यक्ति निःशुल्क सहभागी हुन पाउने व्यवस्था गरिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो। प्याब्सन विराटनगरले सदस्य विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा सरोकारवालाहरूलाई सम्मेलनमा सक्रिय सहभागिता जनाई लाभ लिन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्