एक्सेस एजुकेसन नेटवर्कले स्थापनाको २२औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ। वार्षिकोत्सवका अवसरमा संस्थाले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा विशेष सामाजिक कार्यक्रम आयोजना गरेको हो।
एक्सेस एजुकेसन नेटवर्कका विराटनगर र इटहरी शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आश्रममा आश्रित बालबालिकाहरूसँग खुसी साटासाट गर्दै केक काटिएको थियो। सोही अवसरमा बालबालिकाहरूलाई चकलेट वितरण गरिनुका साथै ४५ जना बालबालिकालाई विद्यालय झोला प्रदान गरिएको आयोजकले जनाएको छ।
२२ वर्षको व्यावसायिक यात्रामा नेटवर्कले नेपालको वैदेशिक शिक्षा परामर्श क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको छ। काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, चितवन, दाङ, हेटौँडा, विराटनगर र इटहरीलगायत देशका प्रमुख सहरमा शाखा विस्तार गरी संस्थाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया तथा विद्यार्थी भिसासम्बन्धी कागजात तयारीमा सहजीकरण गर्दै आएको छ।
विशेषगरी न्युजिल्यान्डका लागि अग्रणी र विश्वसनीय शैक्षिक परामर्श संस्थाका रूपमा परिचित यस नेटवर्कले अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समेत सेवा प्रदान गर्दै आएको छ।
प्रबन्ध निर्देशक पुष्पराज पौड्यालको नेतृत्वमा सञ्चालित संस्थाको विराटनगर तथा इटहरी शाखाको निर्देशकमा सरोज बस्नेत रहनुभएको छ। व्यावसायिक सेवामा मात्र सीमित नरही समाजप्रतिको दायित्व निर्वाह गर्नु संस्थाको मुख्य उद्देश्य रहेको जनाउँदै नेटवर्कले आगामी दिनमा पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माणसँगै सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।