डीपीएस इन्टरनेसनल फुटबल : आयोजक डीपीएसको शानदार जित, नारग्राम ४–० ले पराजित

<span class='c1'>डीपीएस इन्टरनेसनल फुटबल : आयोजक डीपीएसको</span> <span class='c2'>शानदार जित, नारग्राम ४–० ले पराजित</span>

चौथो ‘डीपीएस इन्टरनेसनल इन्भिटेसनल अन्तरविद्यालय फुटबल रनिङ सिल्ड २०८३’ अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा आयोजक दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरले शानदार जित हासिल गरेको छ। डीपीएसले नारग्राम स्कुल, टङ्कीसिनवारीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

विराटनगरस्थित डीपीएसको खेलमैदानमा भएको खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको आयोजक टोलीले विपक्षीमाथि निरन्तर दबाब बनाएको थियो। खेलको १४औँ मिनेटमा अमन खवासले गोल गर्दै डीपीएसलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो। आक्रामक लय कायमै राखेका खवासले २३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेपछि पहिलो हाफमा डीपीएस २–० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि डीपीएसले आफ्नो दबदबा कायम राख्यो। दोस्रो हाफको तेस्रो मिनेटमा दिपेश आले मगरले गोल गर्दै अग्रता तेब्बर बनाउनुभयो। यस्तै, १०औँ मिनेटमा आयुष साहनीले लामो दूरीबाट आकर्षक प्रहारमार्फत गोल गर्दै टोलीको ४–० को जित सुनिश्चित गर्नुभयो।

खेलभर उत्कृष्ट प्रदर्शन गर्नुभएका डीपीएसका आयुष साहनी ‘म्यान अफ दी म्याच’ घोषित हुनुभएको आयोजकले जनाएको छ।

आठ विद्यालयको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा शनिबार एजेलिया स्कुल, विराटनगर र माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी, कानेपोखरीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १ बजे सुरु हुने आयोजक विद्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्