युवा उद्यमी मञ्च विराटनगर र एनएमबी बैंकबीच सहकार्य, सदस्यले विशेष बैंकिङ सुविधा पाउने

<span class='c1'>युवा उद्यमी मञ्च विराटनगर र एनएमबी बैंकबीच</span> <span class='c2'>सहकार्य, सदस्यले विशेष बैंकिङ सुविधा पाउने</span>

विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर र एनएमबी बैंकबीच मञ्चका सदस्यलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले रणनीतिक सहकार्य भएको छ।

नोभेम्बर २७ मा भएको सम्झौताअनुसार मञ्चका सदस्यले विशेष सुविधासहितको एनएमबी बैंकको भिसा प्लेटिनम क्रेडिट कार्ड प्राप्त गर्ने भएका छन्। सहकार्य सम्झौतामा युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कात्तेल र एनएमबी बैंकका कोशी प्रदेश प्रमुख प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सदस्यले क्रेडिट कार्डको सुरुआती शुल्कमा छुट, विश्वभरका १ हजार ३०० भन्दा बढी विमानस्थलका विश्राम कक्षमा पहुँच, १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने सापटी सुविधा तथा शून्य ब्याजदरमा किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने सुविधा पाउनेछन्।

त्यसैगरी नेपाल र भारतमा भिसा कार्ड प्रयोग गर्न सकिनेछ। कार्डको दोस्रो वर्षदेखि वार्षिक शुल्कसमेत एक हजार रुपैयाँ मात्र लाग्ने जनाइएको छ। यस सहकार्यले युवा उद्यमीलाई सहज बैंकिङ सेवासँग जोड्नुका साथै अन्तर्राष्ट्रियस्तरका वित्तीय सुविधामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्