सप्तरीको रुपनी-१ स्थित खाडो पुल नजिकै बुधबार रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता-७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि सवार तत्काल नाम थर वतन नखुलेको अन्दाजी २१ बर्षिय पुरुष गम्भिर घाइते भएका थिए।
उनीहरुलाई प्रहरीले घाइते अवस्थामा भेटी सगरमाथा अञ्चल अस्पताल राजविराज पठाएकोमा उपचारको क्रममा विहान ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। ट्रकका चालक फरार रहेकाले खोजी भइरेहको छ।