अर्काको परीक्षा दिइरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सुरु गरेको कक्षा ११ को परीक्षामा अंग्रेजी विषयमा अर्कैको परीक्षा दिइरहेको भेटिएको हो । बोर्ड काठमाडौं कार्यालय प्रमुख कृष्ण घिमिरेकाअनुसार कोटेश्वर बहुमुखी क्याम्पसका सिम्बोल नं. १७६१६७०४ भएका पवन रेग्मीको परीक्षा अर्को व्यक्तिले दिएको भेटिएको हो । नासा स्कुल परीक्षा केन्द्रमा रेग्मीको परीक्षा पवन राई भन्ने व्यक्तिले दिएको भेटिएपछि कारबाहीका लागि प्रहरीको नियन्त्रणमा पठाइएको हो ।