सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ

<span class='c1'>सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख</span> <span class='c2'>३० हजार घुस सहित पक्राउ</span>

सुर्खेत, १ असार । सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ परेका छन् । मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो ।
जग्गा रोक्का र पास गर्ने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको टोलीले घुस लिदालिदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतले जनाएको छ ।
घुससहति पक्राउ परेका निमित्त प्रमुख आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।
उहाका अनुसार अहिलेसम्म घुस लिदै गर्दा सुर्खेतसहित मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ६ जना कर्मचारी पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्