विराटनगरमा हिजो भेटिएको सुतली बमका कारण सुरक्षा व्यवस्था कडा

<span class='c1'>विराटनगरमा हिजो भेटिएको सुतली बमका</span> <span class='c2'>कारण सुरक्षा व्यवस्था कडा</span>

विराटनगर असार १२ , स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाकी रहदा आइतबार बिराटनगर ४ कन्चनबारीस्थित एक स्कुलमा सुतली बम भेटिएको थियो । बमलाई सेना र प्रहरीको टोलीले निस्कृय गरेको थियो । बिराटनगर वडा ४ को मतदानस्थल समेत रहेको उक्त विद्यालयमा बम भेटिएको हो । सानो सुतली बम रहेको र।त्यसलाई निस्कृय पारीएको मोरङ प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताए । उक्त बम कस्ले राखेको भन्ने अझै नखुलेको प्रहरीको भनाइ छ । घटनापछि विराटनगरको सुरक्षा व्यवस्था अझ कडा पारिएको प्रहरीले जनायो । महानगरभित्र सुरक्षाकर्मीको गस्ती र निगरानी बढाइएको पनि प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्