एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु

<span class='c1'>एसिड प्रहार गर्दा महोत्तरीमा</span> <span class='c2'>एकजना वृद्धाको मृत्यु</span>

महोत्तरी । मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमासुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालालेजनाएको छ । वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्