दाङमा ठाउँ ठाउँमा बम भेटिएपछि सेना परिचालन

<span class='c1'>दाङमा ठाउँ ठाउँमा बम</span> <span class='c2'>भेटिएपछि सेना परिचालन</span>

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ।

तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमको घरमा गए राति बम फेला परेको थियो। त्यसैगरी  तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमासमेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ।

मतदानको अघिल्लो दिन सर्वसाधारण मतदातालाई आतंकित पार्ने गतिविधि बढ्न थालेपछि दाङमा सेनालाई गस्ति गर्न आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ। यसअघि नै राष्ट्रपतिले समेत निर्वाचनको समयमा सेना परिचालन गर्न अनुमती दिइसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्