झापा, असार १५ – प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो । १० वटा वडा रहेको दमकमा राति सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो । झापाका अरु स्थानीय तहमा बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । झापामा ८ नगरपालिका र ६ गाउँपालिका गरी १४ स्थानीय तह छन् । ती सबै स्थानीय तहमा बुधबार शान्तिपूर्णरुपमा मतदान भएको थियो ।