पूर्वमा ४ जना मतदाताको मृत्यु

<span class='c1'>पूर्वमा ४ जना</span> <span class='c2'>मतदाताको मृत्यु</span>

विराटनगर, असार १५ गते
दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार पूर्वको विभिन्न जिल्लाहरुमा ४ जना मतदाताको मृत्यु भएको छ।
ओखलढुङ्गाः ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-४ स्थित जाल्पा उमावी कालिमाटी मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा सोही ठाउँकी अन्दाजी ६० बर्षिय की भक्त कुमारी राईको मृत्यु भएको छ।
मतदान सकेर एक्कासी वेहोस भएकी उनलाई उपचारकोलागी ओखलढुंगा स्थित मिसन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्ररहीले जनाएको छ।
उदयपुरः उदयपुरको बेलका नगरपालिका-३ बस्ने ७० बर्षिय श्रीलाल चौधरी स्थानीय कोशी जनता उमावी रामपुर ठोक्सिला मतदान केन्द्र (घ) मा मतदान गरी फर्कने क्रममा मृत्यु भएको छ। पहिलो मतदान गरेका चौधरी अचानक वेहोस भएपछी उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।
ईलामः ईलामको रोङ गाउँपलिका मतदान केन्द्रमा मतदान गरी फर्कने क्रममा रोङ गाउँपालिका- ३ बस्ने ४८ बर्षिय चेतनाथ आचार्यको मृत्यु भएको छ। मतदान सकेर फर्कदै गरेका आचार्य अचानक सडकमा लडेर वेहोस भएका थिए। उनको उपचारको क्रममा बिर्तामोड अस्पताल अपरान्ह ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङः मोरङको धनपालथान गाँउपालिका-२ बस्ने अन्दाजी ६५ बर्षिय मोहनलाल पाश्वान अमाही गाउँपालिकामा रहेको मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा अचानक वेहोस भइ घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कर्यालय रंगेलीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्