धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु

<span class='c1'>धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि</span> <span class='c2'>गाउँपालिकामा मतगणाना सुरु</span>

धनकुटा, असार १५ – धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर्ने तयारी छ । धनकुटामा ४ गाउँपालिका र ३ नगरपालिका छन् । कुल ९५ हजार ३ सय ६७ मतदातामध्ये ६८ हजार ७ सय १६ जनाले मात्र मत दिएका छन् ।  धनकुटा नगरपालिकामा १८ हजार १ सय २९ मतदातामध्ये १३ हजार ६ सय १० मत खसालेका छन् । यस्तै  पाख्रिबास नगरपालिकामा १३ हजार ९ सय ३० मध्ये ९ हजार ६ सय २४ मत खसेको छ । महालक्ष्मी नगरपालिकामा १५ हजार ७ सय ८३ मतदाता मध्ये ११ हजार १ सय ४७ ले मात्र मत खसालेका छन् । यस्तै छथर जोरपाटी गाउँपालिकामा १० हजार ७ सय ३७ मध्ये ७ हजार ६ सय ७२ मत खसेको छ । यस्तै खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका १० हजार ९ सय २८ मध्ये ८ हजार २६ मत मात्र खसेको छ । साँघुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ मत मध्येमा ९ हजार ८ सय ८० मत खसेको छ । चौबिसे गाउँपालिकामा १२ हजार ८४ मतदातामध्ये ८ हजार ७ सय ५७ मतदाताले मात्र भोट हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्