धनकुटामा एमालेको ‘क्लिन स्वीप’

<span class='c1'>धनकुटामा एमालेको</span> <span class='c2'>‘क्लिन स्वीप’</span>

प्रदेश नं १ अन्तर्गतको धनकुटा जिल्लाका ३ नगरपालिका तथा ४ गाउँपालिकामा विजयी हुँदै एमालेले ‘क्लिन स्वीप’ गरेको छ । धनकुटाको खाल्सा छ्रिन्ताङ गाउँपालिकामा नेकपा एमालेका मनोज राईले ४ हजार ५४ मत ल्याई माओवादी–कांग्रेस गठबन्दनका भरतसिं राईलाई पराजित गरेका ह्न् । माओवादी केन्द्रका कांग्रेस समर्थित भरतसिं राईले १ हजार ५७९ मत ल्याएका छन् । त्यस्तै, एमालेकै रत्नेश्वरी राईले ३ हजार ९१६ मत ल्याई १ हजार ४९६ मत ल्याएकी कांग्रेसकी कमलकुमारी राईलाई पराजित गरेकी हुन् ।

चौबिसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८४ मत ल्याई संघीय समाजवादी समर्थित कांग्रेस उमेदवार हर्क चेम्जोङ लाई पराजित गरेका हुन् । उनले ३ हजार ३ हजार २७९ मत ल्याए ।

यता उपप्रमुखमा एमालेका यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत ल्याउँदै निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्धन्दी कांग्रेस समर्थित संघीय समाजवादीका उमेदवार उपेन्द्र लावतीले २ हजार ६९९ ल्याए ।

त्यस्तै छथर जोरपाटी गाउँपालिकामा एमालेका शेरबहादुर लिम्बू अध्यक्ष तथा एमालेकै भीमकला श्रेष्ठ उपाध्यक्षमामा विजयी भएका छन् । शेरबहादुरले ३ हजार ३४९ मत ल्याए भने उनका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका विष्ण पारघरीले १ हजार ५३१ मत मात्रै ल्याए । यता उपाध्यक्षमा भीमकलाले ३ हजार २८९ मत ल्याउँदा माओवादीकी गीता गुरुङले २ हजार ७३ मत ल्याइन् ।

धनकुटा नगरपालिकामा पनि एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै शकुन्तला बस्नेत विजयी भएकी छन् । मेयरमा विजयी तामाङ ४ हजार ९३३ मत ल्याए भने कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरे ।

यता उपमेयरमा बस्नेतले ५ हजार ११२ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका रेणु श्रेष्ठले ३ हजार ३९२ मात्रै ल्याइन् ।पाख्रिवास नगरपालिकामा एमालेका विर्षबहादुर राई ४ हजार ४३९ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै देवकला तिम्सिना ४ हजार ४२६ मत ल्याई विजयी भइन् । दोस्रो स्थानमा रहेका कांग्रेसका इन्दिरा थापाले १ हजार ६२८ तथा उपमेयरमा कांग्रेसकै ज्ञानबहादुर गुरुङ १ हजार ८३३ मत मात्र प्राप्त गरे ।

महालक्ष्मी नगरपालिकामा एमालेकै पर्शुराम नेपाल ४ हजार ८९८७ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै मञ्जु अधिकारीले ४ हजार ५३५ मत ल्याई निर्वाचित भइन् ।

उनका निकटतम प्रतिद्धन्दी राप्रपा समर्थित कांग्रेस उमेदवार अग्नीप्रसाद पौडेलले ३ हजार १५६ मत ल्याए भने कांग्रेस समर्थित राप्रपाका महेन्द्र निरौलाले २ हजार १५६ मत ल्याए ।

यस्तै, सागुरीगढी गाउँपालिकामा पनि एमालेकै उमेदवार कुमारजंग याख्या अध्यक्ष र उपाध्यक्षमा पनि विन्द्रा राईले ४ हजार २९ मत ल्याई विजयी भइन् । संघीय समाजवादी समर्थित कांग्रेसका जितेन्द्र राई ३ हजार ३३३ मत ल्याई दोस्रो स्थानमा रहे भने उपाध्यक्षमा कांग्रेस समर्थित नयाँ शक्तिका उमेदवार बलबहादुर राईले २ हजार २६० मत मात्रै प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्