सप्तरीका विभिन्न ठाउँ डुबानमा

<span class='c1'>सप्तरीका विभिन्न</span> <span class='c2'>ठाउँ डुबानमा</span>

काठमाडौं, असार २१ – तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन् । खाडो खोला, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ डुवानमा परेका छन् ।  कञ्चनरुप नगरपालिका– ५ रघुनाथपुरका चार घर बाढीमा परेको छ । यस्तै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेरिया धेरै जोखिममा परेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानीयबासिन्दाले बताएका छन् । यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहा ४, ६, ७, र ८ का झण्डै तीन सय भन्दा बढी घर डुबानमा पर्ने खतरा छ । सुन्दरी खोलाको बाँध भत्किदा लोहजारमा रहेका घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको छ  । यसअघि सख्खरपुरा हुँदै बहने खोलाले धार परिवर्तन गर्दै तिलाठीतर्फ बग्दा  त्यहाँ जोखिम बढेको हो । त्यहाँ बाँध बाँध्न तिलाठीका बासिन्दाले नै अवरोध गरेका सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार बाँध बाँध्ने क्रममा जग्गाको मुआब्जा माग्दै स्थानियबासिन्दाले अवरोध गरेका हुन् ।  यसैबिच महुली खोलामा आएको बाढीले भत्काएको बाँध बनाउन आज सुरक्षाकर्मीको टोली परिचालन हुँदैछ ।  सेनाका ७०, सशस्त्रका ५० र नेपाल प्रहरीमा २० जना बाँध निर्माणमा खटिने प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनुभयो । पाँच वटा बाँध भत्किएकाले सबै बाँध बनाउन केही दिन लाग्ने उहाँले बताउनुभयो । यस्तै बाढी प्रभावितलाई राहत दिइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्