भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी

<span class='c1'>भद्रपुर नगरपालिकामा नेकपा</span> <span class='c2'>एमाले विजयी</span>

भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनमा भद्रपुर नगरपालिकामा नेकपा एमाले का प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रमुख श्रेष्ठले ११ हजार ४२ र उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेश पोखरेलले सात हजार २१५ तथा विजयी उपप्रमुख श्रेष्ठले १० हजार ६५० र उजका प्रतिद्वन्द्वी नेकाकी तारा भुर्तेलले छ हजार ४९८ मत प्राप्त गरे ।
यसैगरी, भद्रपुर नगरपालिका वडा नं ९ र १० बाट नेकपा एमाले का अध्यक्ष क्रमशः टेकबहादुर खड्का काजी र सनिलाल राजवंशीसहित समूह नै विजयी भएका छन् ।

खड्काले एक हजार ५७८ र उहाँका प्रतिद्वन्द्वी नेकाका अमरबहादुर कार्कीले ८८२ तथा राजवंशीले एक हजार २०९ र उनका प्रतिद्वन्द्वी नेकाका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्