को हुन् विराटनगरका नव निर्वाचित मेयर भिम पराजुली ?

को हुन् विराटनगरका नव निर्वाचित मेयर भिम पराजुली ?

प्रेम देवान/आवरविराटनगर डट नेट
विराटनगर महानगरपालिकाको नव निर्वाचित मेयरका रुपमा रहेका भीम पराजुलीको संक्षिप्त परिचय यस प्रकार रहेको छ । विक्रम सम्वत २०३१ साल चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता भनेर चिनिदै आएकाछन् ।[caption width="960" id="attachment_36321" align="alignnone"] तस्विर साभार: प्रविन जोशीको फेसबुक[/caption]

विराटनगरको जनता स्कुलबाट एसएलसी पास गरेका पराजुलीले महेन्द्र मोरङ क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन । विद्यालय स्तरमै नेविसंघको राजनीति सुरु गरेका पराजुलीले जनता स्कुलबाट एसएलसी उतिर्ण गरेका हुन् भने महेन्द्र मोरङ क्याम्पसबाट उच्च शिक्षा हसिल गरेका हुन ।
विद्यालय स्तरमा नै राजनिति संग परिचित भएका पराजुली स्कुल समितिमा नेविसंघको अध्यक्ष भएका थिए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका हुन । नेपाली काँग्रेसको राजनीतिमा रहेका पराजुली प्रभावशाली स्थानीय नेताका रुपमा जनता माझचिनिएका छन् ।

पराजुली संघसस्थामा पनि उतिकै सक्रिय
पराजुली राजनीतिक रुपमा मात्रै नभएर सामाजिक संघसंस्थामा पनि संलग्न छन् । क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष रहेका उनी नेपाल विद्यालय फुटबल संघको राष्ट्रिय उपाध्यक्ष हुन् । अन्तरधार्मिक परिषद्, त्रिवेणी वाचनालय, आदर्श विध्यालय , पोखरिया ऋण सहकारील गायत २४ भन्दा बढी संस्थामा अध्यक्षको जिम्मेवारीमा छन् ।

राजनीतिमा जेल, नेल र विकास निर्माणको अगुवाइ मात्र होइन पराजुली सामाजिक काममा पनि अगाडी रहँदै आएका छन् । उनले २०७२ सालको विनाशकारी भुकम्प गएपछि उनको नेतृत्वको नगर समितिले धादिङ, सिन्धुपाल्चोक, काठमाडौंलगायतका जिल्लामा ३० लाख बराबरको औषधी, राहत सामग्री वितरण गरेका थिए ।[caption width="480" id="attachment_36319" align="alignnone"] तस्विर साभार: पत्रकार सुरेश कार्कीको फेसबुक[/caption]

मर्दा पर्दा सबैको घरमा पुग्ने खुवी
समाजमा विभिन्न दुःख पीडा परेका बेला ४ हजार जनताको घरमा पुगेर समवेदना पत्र बाँडेका पराजुली जनताको सुखदुखका यात्री मानिन्छन् । पराजुलीले आफ्नै नेतृत्वमा धादिङ पुगेर १५१ जनाको घरटहरा निर्माण, ७० वटा जोखिमपूर्ण घर हटाउने काम गरेको छन । उनले जनचेतना, स्वास्थ्य सिविर संचालन, त्रिवेणी वाचनालयको १० कोठे भवन निर्माणको अगुवाइ, बिराटनगर १ मा बालउद्ययान स्थापनाको पहल, रक्तदान, नगर सरसफाइ, सामुदायिक विद्यालय आदर्श उच्च माविमा अंग्रेजी माध्यमको पढाइ सुरुवात, बिराटनगर उप(महानगरले तोकेको ५ सय प्रतिशत घरजग्गा करलाई १० प्रतिशतमा झार्न पहल, नौ महिनादेखि दर्ता नभएका इ–रिक्सका दर्ता गराइ स्वदेशमै रोजगारको अवसर सिर्जना गराउन पहल, विभिन्न विद्यालयमार्फत छात्रवृति प्रदानमा अगुवाई, बाटोघाटो पुलपुलेसा लगायत जनताका सरोकारका विसयमा दिनरात नभनी अहोरात्र खटिएकाले उनको पक्षमा जनमासको सधै आसा र भरोसा रहेको पाईन्छ ।

विकासका काममा पनि अगाडी
पराजुलीले एडीबीलगायत अन्य विकासे संस्थाले गरेका सडक विस्तारदेखि विकास निर्माणमा गुणस्तरीय र समयमै काम गराउन निगरानी तथा निरिक्षण गर्दै आएका छन् । बेला बेलामा पराजुलीले नगर सभापतिका हैसियतले जनताका सरोकारका विषयमा जिल्ला प्रसाशनदेखि, महानगरपालिका, जिल्ला जनस्वास्थ्य, खानेपानी, सडक डिभिजनमा डेलिगेसन जाने र जनताका माग सम्बोधन गराउन अगुवाइ गर्दै आएकाले पनि आफ्नो पक्षमा जनता रहेको दावी पराजुलीको छ ।[caption width="546" id="attachment_36320" align="alignnone"] तस्विर साभार: अनिश पराजुलीको फेसबुक[/caption]

पराजुली करिब साढे तीन महिना जेल
विक्रम सम्बत २०६२र६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । आन्दोलन दमनका क्रममा टाउको, खुट्टा र हातमा गरी कैयौँपटक उनी घाइते बनाइएका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए ।
बिराटनगर उपमहानगरको राजनीतिक संयन्त्रमा रहँदा पराजुलीकै पहलमा संयन्त्रमा बस्नेले कुनै पनि सेवा, सुविधा, भक्ता नलिने निर्णय गराएका थिए । राजनीतिक जीवनमा एक रुपैयाँ पनि चन्दा, सहयोग नलिएका पराजुलीले कुनै पनि संघसंस्थाको कार्यक्रममा सहभागी हुँदा भत्ता, सुविधा नलिने निर्णय गरेका छन ।

बिराटनगरमा पहिलो संध्याकालिन दैनिक पत्रिका पनि हात हालेका पराजुली
बिराटनगरमा पहिलो संध्याकालिन दैनिक पत्रिका सञ्चालन गरेका उनी यतिबेला कान्तिपथ साप्ताहिकका संस्थापक, सल्लाहकार सम्पादक छन् । पराजुली विराटनगरका सुपरिचित व्यक्ति हुन् । यसअघि दुई पटक स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसको सभापति भइसकेका पराजुली यस क्षेत्रमा परिचित छन्। युवा समुदायमा स्थापित पराजुली, सामाजिक, साँस्कृतिक अभियन्तासमेत हुन् भने शिक्षा क्षेत्रमा समेत उनको योगदान छ। पराजुली यसअघि भएको नेपाली कांग्रेसको नगर सम्मेलनमा अत्यधिक मतले सभापतिमा निर्वा्चित भएका थिए।
विराटनगरमा संस्थापन समूह अर्यालको पक्षमा थियो भने शेखर कोइराला लगायतका कोइराला परिवारका नेताहरु पराजुलीको लविङमा विराटनगरको मेयर पदको टिकट पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु

विशेष भिडियो

बरगाछीमा ट्राफिक लाईट जडान भएपछि ट्राफिक व्यवस्थापनमा सहज

तपाईको प्रतिक्रिया लेख्नुहोस्