टेम्पोबाट खसेर घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत महिलाको मृत्यु

<span class='c1'>टेम्पोबाट खसेर घाइते भई विराटनगरस्थित</span> <span class='c2'>न्युरो अस्पतालमा उपचाररत महिलाको मृत्यु</span>

गाईघाट । टेम्पोबाट खसेर सख्त घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
शनिबार बिहान ९ बजे उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित देउरी बजारको पुल नजिकै टेम्पोबाट यात्रा गरिरहेकी त्रिनपा–५ की वर्ष ४५ की सरस्वती चौधरी यात्राका क्रममा खसेर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार आज बिहान देउरी बजारबाट गाईघाटतर्फ आउँदै गरेकी चौधरी देउरी पुल नजिकै टेम्पोको सिटबाट अचानक खसेर घाइते भएकी थिइन् ।
घाइते चौधरीलाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट विराटनगरस्थित न्यूरो अस्पतालमा पु¥याएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए ।
टेम्पो चालक त्रिनपा–३ बस्ने १८ वर्षीय नरेश तामाङ र टेम्पो प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । चौधरीको टाउकामा गम्भीर चोट लागेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्