मेरिल्याण्डको बेलायती डिग्रीको प्रि-युनिभर्सिटी कक्षा सुरु

<span class='c1'>मेरिल्याण्डको बेलायती डिग्रीको</span> <span class='c2'>प्रि-युनिभर्सिटी कक्षा सुरु</span>

बिदेशी विश्वबिद्यालयमा पढ्न विदेश नै जाने बिद्यार्थीहरुको जमात बढिरहेको अहिलेको नेपालको परिवेशमा , बिराटनगरमा भने स्वदेश मै विदेशी विश्वबिद्यालयको डिग्री पाएपछि बिद्यार्थीको पहिलो रोजाइमा मेरिल्याण्ड कलेजको बिजनेस डिग्री परिरहेको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको लागि यस बर्ष बिद्यार्थीको आकर्षण बढेको हो   कलेजले बिगत ३ बर्षदेखि उक्त कोर्ष काठमाण्डौ बाहिर बिराटनगरमा पहिलोपटक संचालनमा ल्याएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए । बिराटनगर मै विश्वप्रशिद्ध बेलायतको डिग्री आएपछि बिराटनगरका साथै इटहरी , झापा, सिरहा , सप्तरीबाट पनि बिद्यार्थी आएको दाहालको भनाइ छ  । भारतको फार्बिजगंज , जोग्मनीबाट पनि बिद्यार्थी बिराटनगरस्थित मेरिल्याण्ड कलेज आएको दाहालले बताए । सस्तोमा बिश्व स्तरीय पढाइ बिराटनगरमा नै पाएपछि काठमाण्डौ वा विदेश जाने आफ्नो सोच बदलेर मेरिल्याण्ड आएको कलेजमा नया भर्ना लिएका बिद्यार्थीहरुको भनाइ छ ।कलेजले नया भर्ना हुदै गरेका बिद्यार्थीका लागि प्रि-युनिभर्सिटी कक्षा संचालन गरिसकेको छ । उक्त कक्षाकामा बिद्यार्थीहरुलाई आइटी , रिसर्च , व्यक्तिव बिकास लगायतका विषयमा प्रशिक्षण दिई युनिभर्सिटी कक्षाका लागि तयार गरिने दाहालले बताए । यस बर्षपनि कलेजका ३ बिद्यार्थी कलेजको छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको १५ दिने भ्रमणमा जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्