दुई दिने सेप भारतीय शैक्षिक मेला विराटनगरमा सुरु

<span class='c1'>दुई दिने सेप भारतीय</span> <span class='c2'>शैक्षिक मेला विराटनगरमा सुरु</span>

दुई दिने ११ औं ‘सेप भारतीय शैक्षिक मेला आजदेखि विराटनगरमा सुरु हुने भएको छ ।
सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. को आयोजनामा विराटनगरको नमस्कार होटलमा शैक्षिक मेला आज देखि सुरु भएको हो ।
एउटै छाना मुनी भारतको विभिन्न चर्चित ३० वटा युनिर्भसल कलेजहरु मेलामा रहेको सेभ इन्टरनेशन एण्ड मिडिया प्रा.लिको निर्देशक सन्जय थापाले जानकारी दिए । मेलामा विराटनगर लगायत पुर्वका मुख्य शहरदेखि विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अवलोकन आईरहेकाछन् । कक्षा १२ उत्तिण गरेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको मेलामा विद्यार्थीलाई पढ्न चाहने विषयको बारेमा कलेजमा आएर जानकारी लिनेको भिड देख्न सकिन्छ मेलामा ।
मेलामा कलेजमा संचालक तथा प्रिन्सिपलहरुको पनि प्रत्यक्ष सहभागीता रहेको निर्देशक थापाले बताए ।
दुई दिने शैक्षिक मेला मंगलबार साझ सम्पन्न हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्