मदन पुरस्कारको दौडमा बिराटनगरकी साहित्यकार सिमा आभास पनि

<span class='c1'>मदन पुरस्कारको दौडमा बिराटनगरकी</span> <span class='c2'>साहित्यकार सिमा आभास पनि</span>

बिराटनगर असार २९ , नेपालको प्रतिष्ठित मदन पुरस्कारको लागि बिराटनगरकि साहित्यकार सिमा आभास पनि मनोनयनमा परेकी छिन । सिमाको कृति "म स्त्री अर्थात आइमाई" कवितासंग्रह मदन पुरस्कारको लागि पुरस्कार गुठीले सार्वजनिक गरेको सुचिमा कृति परेको हो । २०७३ सालमा निस्किएका कृतिहरु मध्ये एक उत्कृस्ट कृतिले मदन पुरस्कार पाउने छ । गुठीको विधानअनुसार कुल प्राप्त भएका १९५ वटा पुस्तकबाट नौवटा छानिएको गुठीले जनाएको छ।

नौ पुस्तकमा पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एव्र अन्य सम्पदा’, राज सरगमको ‘छाउघर’, शरद पौडेलको ‘तपन’, जय छाङ्छाको ‘दोहोको सीधा उडान’ रहेका छन्। त्यसैगरी घनश्याम कँडेलको ‘धृतराष्ट्र’, हरि अधिकारीको ‘प्रतिनायक’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, राजेन्द्र पराजुलीको ‘शुक्रराजको चश्मा’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ रहेका छन्।

आभास हाल खेमलाल लामिछाने साहित्यिक पुरस्कार ग्रहण गर्न चितवनमा रहेकी छिन । उक्त पुरस्कार पनि आभासको "म स्त्री अर्थात आइमाई" कवितासंग्रले पाएको उनले आवर बिराटनगरलाई टेलिफोन सम्पर्कमा बताइन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्