पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

<span class='c1'>पाँचथरमा खुकुरी प्रहार</span> <span class='c2'>गरी श्रीमतीको हत्या</span>

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् ।

बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् । घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिएपनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्