युवतीलाई ग्राहकसँग जर्बजस्ती यौन सम्बन्ध राख्न लगाउने होटल सञ्चालक पक्राउ

<span class='c1'>युवतीलाई ग्राहकसँग जर्बजस्ती यौन सम्बन्ध</span> <span class='c2'>राख्न लगाउने होटल सञ्चालक पक्राउ</span>

दोलखा—अपांग युवतीलाई होटलमा बोलाएर ग्राहकसँग जर्बजस्ती यौन सम्बन्ध राख्न लगाउने होटल सञ्चालक र दुई युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ।

सदरमुकाम चरिकोटमा बाबु आमासँग बस्दै आएकी मेलुङ गाउँपालिकाकी २० बर्षे  युवतीलाई होटलमा बोलाएर ग्राहकको कोठामा पठाई जर्बजस्ती यौन सम्बन्ध राख्न बाध्य पारेको आरोपमा बसपार्क नजिकको एक होटलकी सञ्चालिका तारा काफ्ले पक्राउ परेकी हुन्।

जिल्लाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार बुधबार दिउँसो काफ्लेले ती युवतीलाई होटलमा बोलाई ग्राहकसँग बस्न भन्दै जर्बजस्ती कोठामा पठाएकी थिइन्। बोल्न नसक्ने अपांग युवती बिहानैदेखी हराएपछि बाबु आमाले खोज्दै जाने क्रममा होटलमा फेला पारेका थिए।होटलमा पुगे लगतै युवतीले आफ्नी आमालाई होटल साहुनीले आफुलाई बोलाएर कोठामा लगेको र त्यहाँ रहेका युवाले आफूमाथि जर्बजस्ती गरी सम्बन्ध राखेको बताएकी थिइन्। तत्कालै ती युवतीका बाबाु आमा र स्थानियले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजतलासका क्रममा अर्को कोठाबाट एक युवकसहित १८ बर्षकी किशोरीलाई फेला परेका थिए। रुपन्देही घर भएकी ति किशोरीलाई चैतमा होटल साहुनी तारा काफ्लेले चरिकोट ल्याएकी थिइन्।

होटलमा आउने ग्राहकसँग सम्पर्क गराएर यौन धन्दा गराउने उद्देश्यले ताराले अपांग युवती बोलाएको र किशोरी राखेको प्रहरीले जनाएको छ। प्रहरीले तारासहित होटलको कोठामा बसेका दुई युवालाई पक्राउ गरेको छ।

अपांग युवती र किशोरी दुवैको उद्धार गरिएको छ।पक्राउ परेका होटल धनी काफ्ले मानव बेचबिखन तथा ओसार पसार ऐन र दुई युवालाई जर्बजस्ती करणीसहित मानव बेचबिखनमा समेत मुद्धा चलाईने जिल्ला प्रहरी प्रमुख डिएसपी कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्