बिराटनगरको दुई वटा मोटरसाईकल ठोक्किदा ३ जना घाईते

<span class='c1'>बिराटनगरको दुई वटा मोटरसाईकल</span> <span class='c2'>ठोक्किदा ३ जना घाईते</span>

मोरङ, साउन १३,  महानगरपालिका ७ स्थित भृकुटी चौकमा बिहीबार दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर ठोक्किदा ३ जना घाईते भएका छन्।

कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ५ प ४२९० नम्बरको मोटरसाईकल र बिपरीत दिसाबाट आउँदै गरेको को ७ प ३१३३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो।

दुर्घटनामा परी ३१३३ नम्बरका चालक सुनसरी चिमडी १ बस्ने उमाकान्त राय, ४२९० नम्बरका चालक सप्तरी दौलतपुर ४ बस्ने बर्ष २० को सुरज चौधरी र पछाडी सवार २१ बर्षिया सिर्जना चौधरी घाईते भएका हुन्।

घाईते तीनै जनाको बिराट नर्सीङ होम बिराटनगरमा उपचार भईरेहको वडा प्रहरी कार्यालय ‘क’ बिराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्