पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता

<span class='c1'>पहिरोले बगाएर एक</span> <span class='c2'>यात्रुबाहक बस बेपत्ता</span>

चितवन साउन १९। नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एउटा जिप पुरिएको छ ।

मानवीय क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो भने बा १५ च ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो ।

माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७ः३५ बजे पहिरो खसेको हो ।

पहिरो पन्छाउन साँझ मुग्लिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने क्रममा दुई किलोमिटरमा पुनः पहिरो खसेपछि रातमा पहिरो पन्छाउन नसकिएको थापाले बताउनुभयो ।

दुवै ठाउँको पहिरो पन्छाउने काम र बेपत्ता बसको खोजीकार्य आज बिहानै देखि शुरु भएको उहाँले बताउनुभयो । पहिरो खसेका दुवै ठाउँमा लेदो बगिरहेकाले काममा कठिन भएको छ । स्तरोन्नति भइरहेको सो सडकको हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्