भरतपुर १९ मा पुनःमतदान सुरु

<span class='c1'>भरतपुर १९ मा</span> <span class='c2'>पुनःमतदान सुरु</span>

भरतपुर । भरतपुर १९ मा पुनःमतदान सुरु भएको छ । जेठ १४ गते राति मतगणनाका क्रममा विवाद भएपछि मतपत्र च्यातिएको थियो । यसअघि खसेका करिब २८ मतपत्र निर्वाचन आयोगको रोहबरमा प्रहरीले जलाइसकेको छ ।
मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । वडा नं १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । ३ वटा मतदानस्थल तय गरिएको भए पनि ६ वटा मतदान केन्द्र रहेका छन् ।
भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले  ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्