सुनसरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>सुनसरीमा कारको ठक्करबाट</span> <span class='c2'>पैदलयात्रीको मृत्यु</span>

सुनसरी, साउन २३ गते
सुनसरीमा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका ३ सुनसरी पेट्रोलपम्प नजिकै दिउँसो १२३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ९४३२ नम्बरको कारले ठक्कर दिंदा पैदलयात्री भोक्राहा गाउँपालिका ७ नर्सिङ बस्ने ७० वर्षिय जलिम मियाँको मृत्यु भएको छ।
सोही कारको ठक्करबाट भोक्राहा ७ का ५० वर्षिय रतिम अंसारी गम्भीर रहेकाले जिल्ला अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन।
यता मोरङको रंगेली नगरपालिका २ विराटनगर रंगेली सडक खण्डमा मोटरसाइकलको ठक्कर बाट घाइते एक महिलाको उपचारका क्रमममा मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली २ बस्ने ६५ वर्षिया सोनी ऋषिदेव रहेकी छिन।
ऋषिदेवलाई आईतबार राती पूर्वतर्फ जादै गरेको को २८ प ७९० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ट गम्भीर घाइते महिलाको रंगेली अस्पतालमा सोमबार बिहान मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकल चालक प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्