जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते

<span class='c1'>जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन</span> <span class='c2'>आगामी साउन २९ गते</span>

भोजपुर,  साउन २४ गते  । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

सभापतिमा नेपाली काँग्रेसको तर्फबाट विश्वनाथ पराजुली, डम्बर श्रेष्ठ र नेकपा ९एमाले०का तर्फबाट लक्ष्मण खड्का, सविना राईको नाम चर्चामा रहेको छ जसका लागि मनोनयन दर्ता २७ गते गर्नुपर्नेछ । निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख १८ जनाले मतदान गर्न पाउने भएका छन् । जिससका लागि मतदातामा नेकपा ९एमाले० बाट नौ, नेपाली काग्रेसका पाँच र नेकपा ९ माओवादी केन्द्र०का चारजना रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको जिल्ला सभाको पहिलो बैठकले भोजपुरमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्