झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

<span class='c1'>झाडापखाला फैलिएपछि विद्यालय</span> <span class='c2'>दुई दिन बिदा</span>

सोलुखुम्बु  । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ ।

एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्यालयमा बिदा दिइएको शिक्षक भेषनाथ बनले जानकारी दिए ।

ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।

डाक्टर बस्नेतका अनुसार खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्