बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड बराबरको नोक्सानी

<span class='c1'>बाढीका कारण झापामा कृषि क्षेत्रमा एक</span> <span class='c2'>अर्ब छ करोड बराबरको नोक्सानी</span>

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए ।

बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्