झापामा पानीमा डुबेर एक बालकसहित तीनजनाको मृत्यु

<span class='c1'>झापामा पानीमा डुबेर एक</span> <span class='c2'>बालकसहित तीनजनाको मृत्यु</span>

गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार (आज) अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माईखोला तर्न खोज्दा भेलले बगाउँदा मगरको मृत्यु भएको थियो ।

त्यसैगरी, घरनजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा राईको डुबेर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्