बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२:५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताए । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस