बसको ढोकाबाट खसेर बस धनीको मृत्यु

<span class='c1'>बसको ढोकाबाट खसेर</span> <span class='c2'>बस धनीको मृत्यु</span>

उदयपुर, भाद्र ५ गते
उदयपुरको त्रियुगा नगरपालिका १५ स्थित चिलाउने भन्ने स्थानमा आज दिउँसो बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ।
गाईघाटबाट रानीबासतर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका धनी खोटाङ धाप्लाङ बस्ने ३० बर्षिय केशब मगर घाईते भएका थिए।
बसबाट खसेर गम्भिर घाईते मगरलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी साउनेले जनाएको छ। बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्