११ किलो गाँजासहित मुखिया पक्राउ

<span class='c1'>११ किलो गाँजासहित</span> <span class='c2'>मुखिया पक्राउ</span>

बुढीगंगा, भाद्र ६ गते
बुढीगंगा गाउँपालिका ०१ स्थित कोशी राजमार्गबाट प्रहरीले सोमबार दिउँसो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा सि.आर.भि. बाँसवारीबाट खटिएको टोलीले मोरङ जहदा गाउँपालिका १ भुटाहा बस्ने २३ बर्षिय हरिचन मुखियालाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ३७९ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने मुखियाको साथबाट सो परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो।
बरामद गाँजा, मोटरसाईकल सहित मुखियालाई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्