“रगत आन्दोलन”का लागि स‌ंघर्ष समिति

<span class='c1'>“रगत आन्दोलन”का लागि</span> <span class='c2'>स‌ंघर्ष समिति</span>

विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रगत आन्दोलनका लागि एककृत भएको जानकारी दिएका छन् । यस अघि साँकेतिक रुपमा गरिएको आन्दोलनको वेवास्ता गरेको भन्दै उनीहरुले अब आफ्नो आन्दोलनको क्रम लाई तिव्रता दिने र अझ सशक्त बनाउने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै पब्लिक फोरमका अध्यक्ष तथा समितिका संयोजक उत्तम ढुंगेलले यो आन्दोलन सबै सर्वसाधारण उपभोक्ताहरुको संयुक्त आन्दोलन भएकाले सबै मिलेर यसलाई निचोडमा पुर्याउनु पर्ने
बताए । उनले अब आफ्नो मागहरु पुरा नभएसम्म निरन्तर आन्दोलन गरिरहने जानकारी दिए । यसै गरि युथ फर ब्लडका स्वयमसेवक तथा समितिका सचिव विकास जिसिले रेडक्रसका पदाधिकारीहरुले यतिका दिनसम्म आफुहरुको आन्दोलनलाई वेवास्ता गर्नु उसको भ्रष्टाचारहरुको जालो खुल्ने डरले गर्दा भएको बताए ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका सहसंयोजक राजेश मास्के, सदस्य महेश लोहनी, गोविद भट्टराई, आशिष कुमार कर्ण, चन्द्रकला पौडेल लगायतको उपस्थिती रहेको थियो ।
रेडक्रस सोसाइटिले विराटगरमा गत कात्तिक १ गतेदेखि रगतको सेवा शुल्क बृद्धि गरि चर्को शुल्क लिदै आएको छ । रक्तसञ्चार केन्द्रले बढाएको सेवा शुल्कमा अस्पतालका विरामीलाई साधारणमा रु७४०, द्रुतमा रु.९३० र नर्सिङ होमका विरामीलाई साधारणमा रु.९४० र द्रुतमा रु.१२२० सम्म लिदै आएको छ । समितिले यसरी अलग अलग लिइने मुल्यको समेत विरोध गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्