विराटनगरमा लागूऔषध दुर्व्यसनीलाई प्रहरीको सचेतना कार्यक्रम

<span class='c1'>विराटनगरमा लागूऔषध दुर्व्यसनीलाई</span> <span class='c2'>प्रहरीको सचेतना कार्यक्रम</span>

विराटनगर, भाद्र ६ गते
इलाका प्रहरी कार्यालय रानीले मंगलबार लागूऔषध दुर्व्यसनीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको छ।
“सिमावर्ती एरियामा लागूऔषध नियन्त्रण अभियान” अन्तर्गत भारतीय नाका जोगबनीमा लागूऔषध सेवन गरी फर्केका दुर्व्यसनीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याई स्थानीय बुद्दिजिबी, भद्रभलादमी तथा अभिवावक समेतको उपस्थितीमा लागूऔषध प्रयोगबाट समाज र व्यक्तीमा पर्ने असरहरुका बारेमा दुई घण्टा सचेतनामुलक प्रशिक्षण दिईएको हो।
अभियान अन्तरगत ईनरुवा, धरान, तरहरा, ईटहरी, बेलबारी, उर्लाबारी, हरैचा, उदयपुर र बिराटनगरका बिभिन्न स्थानबाट भारतको जोगबनीमा आई लागूऔषध सेवन गरी फर्केका ५५ जना सेवनकर्ताहरु सहभागी रहेको nइलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्